Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आजदेखि खुल्यो सानिमा बैंककाे ऋणपत्र, कति दिने आवेदन ?

आजदेखि खुल्यो सानिमा बैंककाे ऋणपत्र, कति दिने आवेदन ?


  • 3.3K
    Shares

    • images
    आजदेखि खुल्यो सानिमा बैंककाे ऋणपत्र, कति दिने आवेदन ?
    images

    सानिमा बैंक लिमिटेडले आज (असार १० गते, शुक्रबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले ५ वर्ष अवधिकाे "१०.२५% सानिमा डिबेञ्चर, २०८९" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे ।

    निष्कासन गरिएकाे कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।

    कति दिने आवेदन ?

    लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कहिलेसम्म दिने आवेदन ?

    असार १० गते, शुक्रबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

    को हो बिक्री प्रबन्धक ?

    बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

    कहाँबाट दिने आवेदन ?

    लगानीकर्ताहरूले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :आषाढ १० २०७९ शुक्रवार - १२:११:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij