Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

पोर्चुगलमा क्यान्सरबाट पिडित शेर्पाको मृत्यु

पोर्चुगलमा क्यान्सरबाट पिडित शेर्पाको मृत्यु


  • 2.4K
    Shares

    पोर्चुगलमा क्यान्सरबाट पिडित शेर्पाको मृत्यु
    images

    पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट पिडितमृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

    शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिनुभयो । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

    बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । गत साता पनि  चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।

    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १०:५०:२८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij