नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।
धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमाल आजै अर्थ मन्त्रालय पुगेर लगानीकर्ताका माग र पुँजीबजारको पछिल्लो अवस्थाबारे छलफल गरेका थिए। अर्थ मन्त्रालयमा भएको छलफलका बारेमा जानकारी दिन अध्यक्ष हमालले बोर्डकै कार्यालयमा सम्मेलन आयोजना गर्न लागेको सेबोन स्रोतले बताएको छ ।
हिजै मात्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आन्दोलनरत लगानीकर्ताहरूलाई भेटी अर्थमन्त्रालयसँँग समन्वय गरेर ठोस योजना दिने प्रतिवद्धता व्यक्त गरेका थिए । छलफलका लागि अर्थमन्त्रालयद्वारा गठित सुझाव समितिको बैठक पनि बसेको छ ।