Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सरकारले तोके जति पारिश्रमिक नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारीले सुरु गरे कडा आन्दोलन

सरकारले तोके जति पारिश्रमिक नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारीले सुरु गरे कडा आन्दोलन


  • 3.5K
    Shares

    सरकारले तोके जति पारिश्रमिक नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारीले सुरु गरे कडा आन्दोलन

    सिरहाको धनगढीमाई नगरपालिकाअन्तर्गका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले आन्दोलन सुरु गरेका छन् । 

    उनीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक सात हजार रूपैयाँ माग गर्दै एक वर्षअघि नगरपालिकासमक्ष ध्यानाकर्षण पत्र बुझाएका थिए । 

    नगरपालिकाले तोकिएको पारिश्रमिक नदिएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारीले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरूले आइतबार तालाबन्दी गरेका थिए तर  मेयर शिव शंकर महतोको आदेशपछि ताला खोलिएको छ । 

    इसीडी शिक्षक पुनम यादवले भनिन्, ‘हामीलाई धनगढीमाई नगरपालिकाले संघीय सरकारले तोकेको तलब दिएको छैन । हामीले एक वर्षअघि नै तलब माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थियौं । अहिले दुई हजार रूपैयाँ मात्रै दिने भन्ने सुनेकी छु । हामीलाई सात हजार नै चाहिन्छ । सात हजार नदिएसम्म हामी आन्दोलन जारी राख्छौं ।’

    मेयर शिव शंकर महतोले तलबबारे पुनर्विचार गर्न आफूमात्रै एक्लो नभएको कार्यापालिकाको बैठकले पारित गर्नुपर्ने बताए । उनले भने, ‘हामी एक्लै छौनौं । पुनर्विचार गर्छौं ।’  

    नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा इसीडी शिक्षक र विद्यालय कर्मचारी गरि एक सय पाँच जना छन् । (वेबटिभी खबर)

    प्रकाशित मिति :आषाढ ६ २०७९ सोमवार - १३:३३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij