२०८२ भाद्र १ गते आइतवार
बेलायत । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा मृत्यु भएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।
यसैगरी बेलायतका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्ममा ९३ हजार २९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij