Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नेपालको कुरिलो विदेश निर्यात   

नेपालको कुरिलो विदेश निर्यात   


  • 1.8K
    Shares

    नेपालको कुरिलो विदेश निर्यात   
    images

    नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।    
        
     एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उहाँले भनाइ छ ।

    आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उहाँको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आउनुभएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आउनुभएको छ । कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आउनुभएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।    
        
     भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उहाँले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उहाँले गुनसो गर्नुभयो । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ ।

    कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उहाँले जानकारी दिनुभयो । आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उहाँले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”    
        
    उहाँले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्नुभएको हो । सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।” बुबाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिकरुप दिएको उहाँको भनाई छ ।    
        
    कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उहाँले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताउनुभयो ।    

    प्रकाशित मिति :आषाढ ६ २०७९ सोमवार - ११:२९:१९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij