२०८२ माघ ११ गते आइतवार
आन्दोलनरत लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका छन्। आइतबार नेपाल राष्ट्र बैंक घराउ गर्न पुगेका लगानीकर्ताले १९ बुँदे माग समावेश गरेर गर्भनर अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।
विगतको एमाले सकारले साढे तीन वर्षअघि र वर्तमान अर्थमन्त्री जनार्दन शर्माले दुई महिनाअघि काम गरिसक्ने भनेका ५८ बुँदेका बाँकी काम तत्काल गर्नुपर्ने उनीहरुको माग छ।
सेयर बजार सुधारको माग गर्दै लगानीकर्ताहरु जेठ २४ गतेदेखि आन्दोलित छन्। उनीहरु १९ बुँदै माग राखेर विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।
१९ बुँदै मागसहित लगानीकर्ता तथा पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तलिक कोइराला पाँच दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडि अनशन बस्दै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij