Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु


  • 5.0K
    Shares

    इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

    चितवनको माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ। 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई छन्।

    प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित एक घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो इनारभित्र पसेका गुरुङ निस्सासिएका थिए। उनको उद्धारका लागि गएका राईको डोरी चुडिँदा उनीहरू पानीमा डुबेका थिए।

    पानीमा डुबेका उनीहरूको अक्सिजन कम भएर मृत्यु भएको अनुमान छ। इनारको पानी फालेर उनीहरूको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ५ २०७९ आइतवार - ०६:१४:०२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij