Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह   

भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह   


  • 2.2K
    Shares

    भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह   
    images

    जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।    
        
     विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको छ ।    
         
     वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ ।    
        
     हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।    
        
     विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको रहेको छ ।    

    प्रकाशित मिति :आषाढ ३ २०७९ शुक्रवार - १२:५१:१८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij