Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ऋणपत्र जारी गदैं नेपाल बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त

ऋणपत्र जारी गदैं नेपाल बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त


  • 3.8K
    Shares

    ऋणपत्र जारी गदैं नेपाल बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त
    नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
     
    नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
     
    नेपाल बैंकले “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ दरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने नेपाल बैंकले जानकारी गराएको छ । यस ऋणपत्रमा वार्षिक १०.५०% ब्याजदर प्रदान हुनेछ ।
     
    ऋणपत्र निष्कासनका लागि बैंकले नियमनकारी निकायहरुबाट स्वीकृति लिन भने बाँकी रहेको छ । नियामकहरुको स्वीकृतिपछि मात्र ऋणपत्र जारी हुनेछ ।

    प्रकाशित मिति :आषाढ ३ २०७९ शुक्रवार - ११:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij