Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

आज देखि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

आज देखि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने


  • 2.6K
    Shares

    आज देखि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

    आज (असार २ गते) देखि सयपत्री हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

    कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि सो शेयर निष्काशन गर्न लागेको हो।

    निष्काशन बन्द छिटोमा असार १६ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ। आईपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :आषाढ २ २०७९ बिहिवार - १०:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij