Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्बमा सिमित

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्बमा सिमित


  • 3.7K
    Shares

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्बमा सिमित
    images

    साताको दोस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार ओरालो लाग्दै २००० भन्दा तलको बिन्दुमा झरेको छ । मंगलबार नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक उच्च अंकले घटेर १९९६.२६ को बिन्दुमा पुगेको हो । 

    आज नेप्से परिसुचक ३६.०७ अंक्ले घटेर १९९६.२६ को बिन्दुमा झरेको हो । आज नेप्से ३६ अंकले घट्दा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ । आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँको कारोबार भएको हो ।

    यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशत बढेको छ। त्यसैगरी, एनएमबि ५० को इकाई मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने माउन्टेन हाइड्रोको करिब ४ प्रतिशत बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबारमा आएको हिमालयन पावर पार्टनर लिमिटेडको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, बलेफी हाइड्रोपावरको शेयरमूल्य यस दिन ८.१५ प्रतिशत घटेको छ भने सगरमाथा इन्स्योरेन्स, ग्रीन भेन्चर्स र गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

    मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्तको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

     

    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - १६:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij