२०८२ माघ ८ गते बिहिवार
ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारसँग केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरे।
बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउने छन्।यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० % छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij