Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बैंकहरुले चार महिनादेखिकै ब्याजलाई निरन्तरता दिने, असारमा निक्षेपको ब्याज नबढ्ने

बैंकहरुले चार महिनादेखिकै ब्याजलाई निरन्तरता दिने, असारमा निक्षेपको ब्याज नबढ्ने


  • 4.7K
    Shares

    बैंकहरुले चार महिनादेखिकै ब्याजलाई निरन्तरता दिने, असारमा निक्षेपको ब्याज नबढ्ने

    वाणिज्य बैंकहरुले चार महिनाअघि तोकेको ब्याजदरलाई असारमा पनि निरन्तरता दिने भएका छन् । नेपाल बैंकर्स संघले आर्थिक वर्षको अन्तिम महिना असारमा ब्याजदर नबढाउने निर्णय गरेको हो ।

    अहिले ‘क’ वर्गका बाणिज्य बैंकहरुले साधारण मुद्दतिलाई ११.०३ प्रतिशत, संस्थापकलाई १०.०३ प्रतिशत र रेमिट्यान्सलाई १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।

    सरकारले आगामी बजेट संसदमा प्रस्तुत गरिसकेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिसकेको छ । नयाँ मौद्रिक नीतिपछि निर्णय लिन सहज हुने भएकोले पनि बैंकर्स संघले असारमा नयाँ ब्याजदर नतोकेको हो । 

    तर, कर्जाको ब्याजदर भने निरन्तर बढिरहेकै छ । र, असारमा पनि कर्जाको ब्याजदर बढ्ने बैंकरहरुले बताएका छन् । विशेषगरी नयाँ कर्जा लिनेहरु महंगो ब्याजदरमा पर्नेछन् । 

    नयाँ निक्षेप लिँदा र पुरानो निक्षेप नविकरण गर्दा तुलनात्मक रुपमा ब्याजदर चर्को पर्ने भएपछि कर्जाको पनि ब्याजदर बढ्ने भएको हो ।  पछिल्लो समय कर्जाको ब्याजदर बढेर बाणिज्य बैंककै १६/१७ प्रतिशत पुगिसकेको छ । 

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १२:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij