Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल


  • 3.3K
    Shares

    राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

    नेपाल राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।
     
    केन्द्रीय बैंकले जेठ ३१ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ २८ गते परिपक्व हुनेछ । 

    केन्द्रीय बैंकले १८२ का लागि ४ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल भने आउँदो मंसिर २७ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले २०८० जेठ ३० गते परिवक्व हुने गरी ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । 

    यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १०:५९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij