Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल


  • 3.1K
    Shares

    • images
    राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल
    images

    नेपाल राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।
     
    केन्द्रीय बैंकले जेठ ३१ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ २८ गते परिपक्व हुनेछ । 

    केन्द्रीय बैंकले १८२ का लागि ४ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल भने आउँदो मंसिर २७ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले २०८० जेठ ३० गते परिवक्व हुने गरी ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । 

    यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १०:५९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij