Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चालू आर्थिक वर्ष: महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी (प्रतिवेदनसहित)

चालू आर्थिक वर्ष: महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी (प्रतिवेदनसहित)


  • 3.4K
    Shares

    • images
    चालू आर्थिक वर्ष: महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी (प्रतिवेदनसहित)
    images

    चालू आर्थिक वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ ।

    नेपाल राष्ट्रले दिएको पछिल्लो वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत मात्र रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

    २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको छ । २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

    साथै, गैर–खाद्य तथा  सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तो मुद्रास्फीति बैशाख मसान्तसम्म भारतको तुलनामा नेपालको ०.८ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ । बैशाखको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.८७ प्रतिशत र सन् २०२२ अप्रिलमा भारतमा ७.७९ प्रतिशत रहेको बैंकको भनाइ छ ।

    यसैगरी चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा विप्रेषण आप्रवाह ९रेमिटेन्स० ०.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यश वर्ष ०.२ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष यस्तो रेमिटेन्स १९.२ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेहरुको संख्यामा पदोन्नति आई २ लाख ७८ हजार २९८ जना पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या २ अर्ब ३० करोड ४६६ रहेको थियोे ।


    राष्ट्र बैंकको प्रतिवेदन पूर्णपाठ:

     

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १६:१०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij