Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

गोरखामा बाढी–पहिराले घरमा क्षति, सडक अबरुद्ध

गोरखामा बाढी–पहिराले घरमा क्षति, सडक अबरुद्ध


  • 2.5K
    Shares

    गोरखामा बाढी–पहिराले घरमा क्षति, सडक अबरुद्ध
    images

    लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पु¥याएको छ । बाढी र पहिराले १० घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिनुभयो ।

    त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति रानालगायतको घरमा पहिराले क्षति पुर्याएको प्रहरीले जनाएको छ । छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिराले पनि चार घर उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

    उखुबारीमा स्थानीय जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । पालुङ्टार–९ जोगीबेंसीमा राममाया कुँवरको घर पनि खहरे खोलाले क्षतिग्रस्त बनाएको छ । बाढीले जोगीबेंसीदेखि बिर्दीसम्मको करिब तीन हजार रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ ।

    यता गोरखाको बारकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक खण्डमा पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । सिरानचोक गाउँपालिका ७ र ८ मा पर्ने बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १३:०६:५२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij