Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सम्पती शुद्धिकरण व्यवस्थामा संशोधन, उच्च पदस्थ व्यक्तिको खातामा निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

सम्पती शुद्धिकरण व्यवस्थामा संशोधन, उच्च पदस्थ व्यक्तिको खातामा निगरानी गर्न राष्ट्र बैंकको निर्देशन


  • 3.4K
    Shares

    • images
    सम्पती शुद्धिकरण व्यवस्थामा संशोधन, उच्च पदस्थ व्यक्तिको खातामा निगरानी गर्न राष्ट्र बैंकको निर्देशन
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापारीदेखि उच्च पदस्थ व्यक्तिहरुको बैंक खातामा निगरानी बढाउन निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले एकिकृति परिपत्र २०७८ को सम्पती शुद्धिकरण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै एकाघर परिवारको समेत विवरण संकलन हुने स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न र शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । साथै शकांस्पद देखिएमा परिवार बिशेष पनि निगरानी राख्न समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

    उक्त व्यवस्था अनुसार नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत प्रादेशिक कार्यालयहरु, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, मनि चेञ्जर, होटल, ट्राभल लगायत सबै निकायहरुलाई उक्त निर्देशन जारी गरिएको छ । नेपाल सरकारको राष्ट्रिय समन्वय समितिले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको व्यक्ति, स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिको समेत बैंक खाता निगरानीमा राखिने बताईएको छ ।

    संशोधित व्यवस्थामा ‘स्वदेशी उच्चपदस्थ व्यक्ति’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापपयिक संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सोसरहको वा सोभन्दा माथिका पदाधिकारी, उच्च अदालतका न्यायाधीश वा सोभन्दा माथिल्लो तहका न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरका राजनीतिक दलका केन्द्रीय पदाधिकारी, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्ता जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    यसैगरी कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ९संशोधनसहित, वित्तीय जानकारी इकाइबाट जारी गरिएका कार्यविधि तथा मार्गदर्शन अनुरुपका शंकास्पद कारोबारको विवरण वित्तीय जानकारी इकाइमा पठाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    प्रकाशित मिति :जेठ २६ २०७९ बिहिवार - १६:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij