Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बैदेशिक रोजगारीमा गएका नेपालीहरुले ४ महिनापछि निष्काशन हुने आईपिओमा आरक्षण पाउने

बैदेशिक रोजगारीमा गएका नेपालीहरुले ४ महिनापछि निष्काशन हुने आईपिओमा आरक्षण पाउने


  • 3.0K
    Shares

    बैदेशिक रोजगारीमा गएका नेपालीहरुले ४ महिनापछि निष्काशन हुने आईपिओमा आरक्षण पाउने

    अबको ४ महिनापछि बैदेशिक रोजगारीमा गएका नेपालीहरुले प्राथमिक सेयर(आईपिओ) को प्राथमिक निष्काशनमा आरक्षण पाउने भएका छन् ।

    बुधबार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । लामो समय देखि रेमिट्यान्स पठाउनेहरुलाई आईपिओमा आरक्षण र गैरआवासिय नेपालीहरुलाई दोस्रो बजारमा लगानी गर्न पाउने प्रबन्ध मिलाउने बिषय चलिरहेको भएता पनि पहिलो पटक समयसिमा सहितको प्रस्ताव आएकाले लगानीकर्ताहरु केहि आसावादी भएका हुन् । 

    बुधबारको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले भने अबको 'चार महिनामा नेप्सेमा एसएमई प्लेटफर्म सुरु गर्नेछौ, त्यस्तै सोहि अवधि भित्रमै बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपिओमा आरक्षण सहित गैरआवासिय नेपालीहरुलाई दोस्रो बजारमा लगानी गर्न मिल्ने व्यबस्था समेत कार्यन्वयन हुनेछ ।' 

    प्रकाशित मिति :जेठ २६ २०७९ बिहिवार - ११:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij