Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बिहीबारदेखि दोर्दीखोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन?

बिहीबारदेखि दोर्दीखोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन?


  • 3.2K
    Shares

    बिहीबारदेखि दोर्दीखोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन?

    काठमाडौँ । दोर्दीखोला जलविद्युत कम्पनीको २१ लाख ९५ हजार ५ सय ९ कित्ता साधारण शेयर (आईपीओ) जेठ २६ गते बिहीबारदेखि निष्काशन खुला हुने भएको छ । 

    बिक्री प्रबन्धक  सिद्धार्थ क्यापिटलका अनुसार कूल निष्काशन मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

    सर्वसाधारणका लागि छुट्याइएको २० लाख १९ हजार ८ सय ६९ कित्ता आईपीओ गोला प्रथाबाट २ लाख १ हजार ९ सय ७७ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता पाउने छन् । पछिल्लो समय २० लाख भन्दा बढीले आईपीओमा आवेदन दिने गरेकाले उक्त कम्पनीको शेयर पनि १० कित्तामात्रै भर्नु उपयुक्त देखिन्छ । 

    उक्त कम्पनीको आईपीओमा जेठ ३१ गतेसम्म आवेदन दिन पाइने छ । न्यूनतम १० कित्ता र अधिकतम १७ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । कम्पनीले यसअघि आयोजना प्रभावितहरुका लागि १० लाख ५४ हजार २ सय ६० कित्ता आईपीओ बिक्री गरिसकेको छ । 

    कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ । 

    प्रकाशित मिति :जेठ २५ २०७९ बुधवार - १३:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij