Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह


  • 3.5K
    Shares

    सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
    images

    संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

    सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो आग्रह गरेका हुन् ।

    उनले सोमालियमा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै यहाँका सयौँ हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताएका हुन् । निकै लामो समयदेखि हिंसामा फसेको यस देशमा यो वर्षको सुरुदेखि नै भोकमरी शुरू भएको उनले बताएका छन् । 

    उनले भनेका छन्,'अहिले नै सोमालियाका लागि केही नगर्ने हो भने यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्, त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ ।' सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ । यहाँ अहिले केही वर्षयता देखि खडेरी आदि समस्याले गर्दा भोकमरी पनि सुरु भएको बताइएको छ ।

    प्रकाशित मिति :जेठ २५ २०७९ बुधवार - ११:५३:५५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij