Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी


  • 3.2K
    Shares

    • images
    राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी
    images

    नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । 

    इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको आजै दिउँसो ३ बजे बाँडफाँड गरिने बैंकले जनाएको छ ।

    इच्छुक खरीदकर्ताले घटीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्र खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट हुनेछ । यद्यपि, कुल निष्काशनको १५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।

    अर्धवार्षिक (प्रत्येक छ महिनामा) ब्याज प्रदान गर्ने जनाएको बैंकले ऋणपत्रको ब्याजदर सामूहिक बोलकबोल मार्फत कट–अफ ब्याजदरलाई एकल ब्याजदरमा कायम गरी सोही ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ ।  

    प्रकाशित मिति :जेठ २४ २०७९ मंगलवार - ११:५९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij