Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पार्टीभन्दा शक्तिशाली मन्त्री

पार्टीभन्दा शक्तिशाली मन्त्री


  • 3.2K
    Shares

    पार्टीभन्दा शक्तिशाली मन्त्री

    नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो।

    नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो। त्यसलगत्तै नेकपा एसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरी मन्त्रिपरिषद पुनर्गठन रोक्न आग्रह गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :जेठ २४ २०७९ मंगलवार - ०७:१०:३४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij