Logo

२०७९ आषाढ १५ गते बुधवार

images

भेटियो संसारकै सबैभन्दा पुरानो जुत्ता

भेटियो संसारकै सबैभन्दा पुरानो जुत्ता

खबर सेन्टर

२३ जेठ २०७९
  • 764
    SHARES
  • images
    भेटियो संसारकै सबैभन्दा पुरानो जुत्ता
    images

    नर्वेमा भेटिएको संसारकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ ।

    नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो । यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ मा दक्षिण नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा भेटिएको थियो । यो छालाको जुत्ता कुनै महिला वा पुरुषको हुनसक्ने बताइएको छ ।

    यो जुत्तासँग थुप्रै तीर र काठको कोदालो पनि भेटिएको थियो । यसमार्फत् थाहा हुन्छ कि यो इलाका शिकारको एक महत्वपूर्ण मैदान हुने गर्दथ्यो । यो जुत्ताको खोजी गर्ने अनुसन्धाताका अनुसार यो जुत्ता करिब ११०० इसापूर्वको हो, जुन नर्वेको सबैभन्दा पुरानो जुत्ता हुनसक्छ ।

    एसिडिक माटो वा विशाल हिमनदीमुनि दबिएको चिजभन्दा ठिक विपरित नर्वेको पहाडमा बरफको प्याचमा भेटिएका वस्तुहरुको स्थिति हज्जारौँ वर्षपछि पनि उत्कृष्ट हुन्छन् । यहाँ हतियार, कपडा, बोटबिरुवा र जनावरको अवशेष सबै बरफ भित्रैबाट निस्कने गर्छ ।

    https://twitter.com/LiveScience/status/1532776488566763521?s=20&t=gHR5NopZokCdoMgyXOPg7A

    यसमार्फत् नर्वेको हज्जारौँ वर्षको इतिहास सार्वजनिक भएको छ । तर यो नयाँ रिपोर्टले भने अब जलवायु परिवर्तनले सबैकुरा नष्ट गर्न सक्ने बताएको छ ।केही दशकमा नै नर्वेको बरफको निकै ठूलो हिस्सा पग्लन सुरु भएको छ ।

    एनटीएनयू युनिभर्सिटी म्युजियमका एक पुरातत्वविद् तथा एसोसिएट प्रोफेसर बिगरित स्कारका अनुसार सन् २०२० मा खिचिएको सेटलाइट तस्बिरको आधारमा सर्भे गरिएको थियो जसमार्फत् १० छानिएका बरफको प्याचमध्ये ३० प्रतिशतभन्दा बढी पग्लिएको छ ।

    images
    प्रकाशित मिति :जेठ २३ २०७९ सोमवार - १३:२८:२४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार