Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्राइम बैंकको ५० लाख इकाई ऋणपत्र जेठ ३१ गतेदेखि खुल्ने

प्राइम बैंकको ५० लाख इकाई ऋणपत्र जेठ ३१ गतेदेखि खुल्ने


  • 3.0K
    Shares

    प्राइम बैंकको ५० लाख इकाई ऋणपत्र जेठ ३१ गतेदेखि खुल्ने
    प्राइम कमर्सियल बैंकले जेठ ३१ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । यसमध्ये २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
     
    बैंकले बाँकी ३० लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । प्राइमले ५ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ब्याजदर १०.१५% तोकिएको छ । प्राइमले ‘५% प्राइम डिबेन्चर २०८४’ जारी गर्न लागेको हो ।
     
    यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यो डिबेन्चरमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
     
    यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । यो ऋणपत्रमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार १४ गतेसम्म खुला रहनेछ ।

    प्रकाशित मिति :जेठ २२ २०७९ आइतवार - ११:३२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij