२०८२ भाद्र ८ गते आइतवार
जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ। जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँ र दोस्रो साता (जेठ १३ गतेसम्म) ६ अर्ब रुपैयाँ रुपैयाँले बढेको हो।
जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी एनबीएका अनुसार जेठ लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेको छ। जेठको पहिलो साता कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेकोमा दोस्रो साता थप ४ अर्ब रुपैयाँ लगानी भएको छ।
जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ। गत वैशाख मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij