२०८२ भाद्र ८ गते आइतवार
नेपाल राष्ट्र बैंकले ‘१२.५०% वैदेशिक रोजगार ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ५० करोड रुपैँया बराबरको यो योजना जेठ १८ गतेदेखि सुरु भएर २०७९, असार ६ गते समापन हुनेछ ।
राष्ट्र बैंकले सूचना प्रकाशित गरी “१२.५०% वैदेशिक रोजगार ऋणपत्र २०८४” नामक ५ वर्षको म्याच्युरिटी अवधिका ५० करोड रुपैयाँको बचत ऋणपत्र जारी गर्न लागेको हो। इच्छुक व्यक्तिहरूले न्यूनतम १०,००० रुपैयाँ र अधिकतम रकमको कुल निष्काशनको आकार नबढ्ने गरी ऋणपत्रमा आवेदन दिन सक्नेछन्।
यो ऋणपत्र असार १३, २०७९ मा बाँडफाँड गरिने छ। यो ऋणपत्र अति आकर्षक ब्याज दर अर्थात् वार्षिक १२.५% मा उपलब्ध गराइएको छ भने ब्याज रकमको भुक्तानी प्रत्येक छ महिनामा गरिने छ ।
यो ऋणपत्र विदेशमा बस्ने वा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिकका लागि मात्र योग्य छ। ऋणपत्रका लागि फारमहरू बैंकको वेबसाइटमा उपलब्ध हुनेछ |
यसका लागि आवेदन यहाँ दिइएको लिंक मार्फत दिन सकिनेछ |
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij