Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड


  • 4.2K
    Shares

    गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

    गोरखाका ११ स्थानीय तहलाई संघीय सरकारले चार अर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो।

    जसमा गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पालुङटार नगरपालिकालाई ५७ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ। केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र एक अर्ब २० करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकालाई ४५ करोड ८७ लाख, अजिरकोटलाई ३० करोड २४ लाख, आरुघाटलाई ४० करोड ४८ लाख, गण्डकीलाई ४५ करोड, चुमनव्री गाउँपालिकालाई १९ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    त्यस्तै धार्चेलाई २७ करोड ७४ लाख, भीमसेन थापालाई ३९ करोड १५ लाख, बारपाक गाउँपालिकालाई ४० करोड ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

    प्रकाशित मिति :जेठ १७ २०७९ मंगलवार - १४:४५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij