Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक: सेयर कर्जा सीमा यथावत्, के-के भए परिवर्तन? (पूर्णपाठसहित)

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक: सेयर कर्जा सीमा यथावत्, के-के भए परिवर्तन? (पूर्णपाठसहित)


  • 3.2K
    Shares

    • images
    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक: सेयर कर्जा सीमा यथावत्, के-के भए परिवर्तन? (पूर्णपाठसहित)
    images

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। तेस्रो त्रैमासमा केन्द्रीय बैंकले यसअघि लिएका नीतिहरुमा खासै परिमार्जन गरेको छैन । अब यो आर्थिक वर्ष सकिन करिब डेढ महिनामात्र बाँकी छ । साउन लागेपछि नयाँ नीति सार्वजनिक हुनेछ ।

    सेयर कर्जा ४ करोडदेखि १२ करोडसम्मको सीमा हटाउन लगानीकर्ता र अर्थमन्त्रीले दबाब दिएपनि यथावत् नै छ ।

    सेयर बजारको हितका लागि नै ४/१२ को सीमा लगाएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउने गरेका छन् । सेयर कर्जामा ठूला लगानीकर्ताको मात्रै प्रभुत्व रहेको भनेर त्यसलाई तोड्नका लागि यो व्यवस्था ल्याएका थिए ।

    ४/१२ सीमा, शतप्रतिशत मार्जिनमा खुकुलो र कर्जा खुकुलो हुने आसा सर्वसाधारणमा थियो । तर, सेयर कर्जा सीमा नीति, सतप्रतिशत मार्जिन यथावत रहेको छ ।

    अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभावका साथै वैदेशिक व्यापार घाटा धेरै भएकाले विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा रहेको छ ।

    समीक्षामा वैदशिक व्यापार घाटा कम गर्न लघु, साना तथा मझौला उद्योग मार्फत उत्पादन वृद्धि गर्न वित्तीय साधनको प्रवाह बढाउन जोड दिइएको छ ।

    प्रकाशित मिति :जेठ १३ २०७९ शुक्रवार - १२:०१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij