Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने एक अर्बमा खुम्चियो

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने एक अर्बमा खुम्चियो


  • 2.8K
    Shares

    नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने एक अर्बमा खुम्चियो

    सेयर बजार सूचक नेप्सेमा बुधबार दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १४.३७ अंकले बढ्दै नेप्से २२३१.५७ अंकमा उक्लिएको हो ।

    यसदिन ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ ।  तर समग्रमा १४ अंक माथिले नेप्से बढेको यस दिन कारोबार भने एक अर्बमा सीमित हुन पुगेको छ ।

    अन्तिम समयसम्म २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ ।

    प्रकाशित मिति :जेठ ११ २०७९ बुधवार - १५:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij