२०८२ भाद्र ८ गते आइतवार
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा ७० करोड १९ लाख ३६ हजार छ । सय ५५ रुपैयाँ बराबरको रकम संस्थागत निक्षेपको रुपमा लगानी गर्ने भएको छ ।
उक्त रकम मध्येमा एक वर्षे निक्षेपकोरुपमा ५६ करोड २७ लाख ५३ हजार पाँच सय ३६ रुपैंयाँ ९५ पैसा र कल निक्षेपकोरुपमा १३ करोड ९१ लाख ८३ हजार एक सय १८ रुपैंयाँ ८९ पैसा लगानी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
रकम लगानीको लागि राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै प्रस्ताव मागेको छ । जसअनुसार यही जेठ १३ गते अपरान्ह पाँच बजेसम्म बैंक तथा फाईनान्स कम्पनीहरुले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी राष्ट्र बैंकअन्तर्गत लघुवित्त संस्था सुपरीवेक्षण विभागमा प्रस्ताव पेस गर्नुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगागतमा प्रावधानहरु रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij