Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

२७ अर्ब २० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

२७ अर्ब २० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक


  • 3.1K
    Shares

    • images
    २७ अर्ब २० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले मंगलबार २७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ प्रकारमा गरी कुल २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो ।

    सार्वजनिक बोलकबोलमार्फत निष्काशन हुने उक्त बिलको मंगलबार दिउँसो ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । 

    बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । 

    प्रकाशित मिति :जेठ ९ २०७९ सोमवार - १४:४९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij