Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

सोमबार २७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

सोमबार २७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • 3.4K
    Shares

    सोमबार २७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुनः २७ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

    राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि छुट्याइएको आन्तरिक ऋण निष्काशन ताालिकाअनुसार नै सो दिन अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका २७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

    ट्रेजरी बिल खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिन सकिने छ । जेठ १० गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् ।

    राष्ट्र बैंकका अनुसार बिक्री गरिने उक्त ट्रेजरीअन्तर्गत २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

    पुरानो नवीकरण अन्तर्गत जारी हुने यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार सात गते, २०७९ भदौ सात गते, २०७९ मंसिर छ गते र २०८० जेठ ९ गते तोकिएका छन् । यसअघि गत साता पनि राष्ट्र बैंकले १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

    प्रकाशित मिति :जेठ ८ २०७९ आइतवार - १६:१५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij