Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

फेरियो शिक्षक र कर्मचारीको पोसाक


  • 29.6K
    Shares

    फेरियो शिक्षक र कर्मचारीको पोसाक

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो ।

    केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्देशन दिएको हो । केन्द्रले शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :जेठ ७ २०७९ शनिवार - ०६:४१:२४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij