Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अन्तरिक ऋण उठाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अन्तरिक ऋण उठाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 5.0K
    Shares

    • images
    अन्तरिक ऋण उठाउन  १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्रले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बिहीबार सार्वजनिक बोलकबोलमार्फत् दुई वर्षे विकास ऋणपत्र २०८१ ‘ङ’ जारी गर्ने भएको हो ।

    एक सूचना जारी गर्दै बैंकले ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक तोकिएको समयभित्र विद्युतीय माध्यम (अनलाइन) मार्फत आवेदन दिन आग्रह गरेको छ । बैंकका अनुसार ऋणपत्र २०७९ जेठ ५ गते निष्काशन भएर २०८१ जेठ ६ गते परिपक्व हुनेछ ।

    ऋणपत्र बोलकबोल भने आज बिहीबार अपराह्न ३ बजे हुनेछ । यद्यपि, ऋणपत्र सार्वजनिक बोलकबोलमार्फत प्रतिस्पर्धात्मक प्रणालीमा बाँडफाँड गरिने भएपनि कुल ऋणपत्रको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी रहेको १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ भने विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।

    तर, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई नै विक्रि गरिने बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।

    खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५ हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा दिनुपर्नेछ ।

    प्रकाशित मिति :जेठ ५ २०७९ बिहिवार - ११:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij