Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मंगलबारदेखि बजेट अधिवेशन सुरु: के छ संसदको कार्यसूचीमा?

मंगलबारदेखि बजेट अधिवेशन सुरु: के छ संसदको कार्यसूचीमा?


  • 5.3K
    Shares

    मंगलबारदेखि बजेट अधिवेशन  सुरु: के छ संसदको कार्यसूचीमा?

    संघीय संसद्का बजेट अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ। मंगलबार संघीय प्रतिनिधिसभामा पाँचवटा सम्भावित कार्यसूची रहेका छन्। 

    यसअनुसार सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ। 

    त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। 

    त्यसपछि दुईवटा अध्यादेश पेस गर्ने कार्यतालिका छ। यसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बनधी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नेछन्। कानुनमन्त्रीले नै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्ने कार्यतालिका छ। 

    त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

    budget_adhibeshan222_wgNdvgJ2Qt.jpg

     

    प्रकाशित मिति :जेठ २ २०७९ सोमवार - १६:५५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij