Logo

२०७९ जेठ ७ गते शनिवार

images

आज पनि बढ्यो शेयर बजार: नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

आज पनि बढ्यो शेयर बजार: नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

खबर सेन्टर

२६ बैशाख २०७९
  • 624
    SHARES
  • images
    images
    आज पनि बढ्यो शेयर बजार: नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?
    images

    साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । हिजोदेखि शेयर बजारमा सकरात्मक संकेत देखिएको छ ।

    images
    images
    images

    आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज पनि १२.२७ अंकले बढेर २२६८.८४ को बिन्दुमा पुगेको छ ।

    कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैंया बराबरको शेयर कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुदाँ नेपाल दूसञ्चार कम्पनी (टेलिकम) को सर्वाधिक कारोबार भएको छ । कम्पनीले ७ करोड ८३ लाख बढीको कारोबार गरेको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै व्यापार उपसमूह बढेको छ ।

    आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ८ सय ३९ रूपैयाँ ८० पैसा पुगेको छ ।

    nepsa.jpg

    images
    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - १५:५१:३६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार