२०८२ माघ ११ गते आइतवार
साताको दोस्रो कारोबार दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.४८ अंक बढेर २२६३.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७८ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १६ स्टकको २ लाख ९४ हजार ४७ रुपैयाँ बराबरको ३५४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij