Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

आजदेखि अप्पर सोलु हाइड्रोले आइपिओ निष्काशन गर्दै, क-कस्ले दिन पाउँछन् आवेदन ?

आजदेखि अप्पर सोलु हाइड्रोले आइपिओ निष्काशन गर्दै, क-कस्ले दिन पाउँछन् आवेदन ?


  • 3.6K
    Shares

    आजदेखि अप्पर सोलु हाइड्रोले आइपिओ निष्काशन गर्दै, क-कस्ले दिन पाउँछन् आवेदन ?

    अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आजदेखि आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। उक्त आइपिओमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि  अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :बैशाख २२ २०७९ बिहिवार - १२:०२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij