Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

आज १९ अर्ब १० करोडको ट्रेजरी बिक्री हुने

आज १९ अर्ब १० करोडको ट्रेजरी बिक्री हुने


  • 4.4K
    Shares

    आज १९ अर्ब १० करोडको ट्रेजरी बिक्री हुने

    नेपाल राष्ट्र बैंकले वैशाख १९ गते अर्थात् आज सोमबार पुनः १९ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

    यसअघि गत साता पनि राष्ट्र बैंकले १८ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । जारी मिति वैशाख २० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीहरुमा २८ दिने अवधिको दुई अर्ब (पुरानो नवीकरणअन्तर्गत), ९१ दिने अवधिको पाँच अर्ब १० करोड (पुरानो नवीकरणअर्न्तगत १० करोड र नयाँ पाँच अर्ब), एक सय ८२ दिने अवधिको १० अर्ब (नयाँ) र तीन सय ६४ दिने अवधिको दुई अर्ब (पुरानो) नवीकरणअन्तर्गतको रहेको छ । राष्ट्र बैंकका अनुसार यसरी जारी गरिने कुल ट्रेजरीमध्ये पुरानो नवीकरणअन्तर्गत चार अर्ब १० करोड र नयाँ १५ अर्ब रुपैयाँबराबरको रहेको छ ।

    सोमध्ये २८ दिने अवधिको परिपक्व हुने अवधि २०७९ जेठ १७ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ साउन १७ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ कात्तिक १५ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०८० वैशाख १९ गते तोकिएको छ । यसअघि यही वैशाख १२ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १३ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

    प्रकाशित मिति :बैशाख १९ २०७९ सोमवार - १३:२३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij