Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने

टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने


  • 4.9K
    Shares

    • images
    टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने
    images

    काठमाडौं । काठमाडौंमा टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकाहरुका लागि अस्पतालहरुमा लगाउन पाइने छ । चैत २५ गते बैशाख ११ गतेसम्म चलेको टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयहरुमा खोप लगाइएको थियो। १५ महिना माथिका  बालबालिकालाई यो खोप दिइनेछ।

    उक्त अभियानमा छुटेका बालबालिकाहरुका लागि आज र भोली ८ वटा केन्द्रिय अस्पतालहरुमा खोपको व्यवस्था मिलाइएको  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए।

    उनका अनुसार कान्ति बाल अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर,  शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार महिला तथा स्त्री रोग अस्पताल थापाथलीसहित ८ वटा अस्पतालमा खोप लगाउन पाइनेछ।

    यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज महाराजगञ्जमा खोप लगाउने व्यवस्था मिलाइएको छ। अर्को महिना देखि भने यो खोप नियमित खोप कार्यक्रममा समावेश हुनेछ। 
     

    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - १२:५४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij