Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ३६ हजार ९४८ जना भाग्यमानी

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ३६ हजार ९४८ जना भाग्यमानी


  • 3.5K
    Shares

    सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ३६ हजार ९४८ जना भाग्यमानी

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो । 

    मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसअनुसार सदर आवेदकमध्ये भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाएका छन् । तिनै सेयर पाउनेमध्ये २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिनेमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । 

    लघुवित्तले गत वैशाख २ गतेदेखि ६ गतेसम्म चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो । जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको थियो । 

    कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

    आईपीओमा २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । तीमध्ये २२ लाख २ हजार ३६१ आवेदकबाट परेको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता सदर भएको थियो । बाँकी ३ हजार २७२ आवेदकबाट परेको ३६ हजार ४९० कित्ता बदर भएको थियो ।

    आईपीओमा २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ। 

    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - १२:०७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij