Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विश्व बैंकले श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग गर्ने


  • 4.3K
    Shares

    • images
    विश्व बैंकले श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग गर्ने
    images

    चरम आर्थिक संकटबाट गुज्रिरहेको रहेको श्रीलंकालाई विश्व बैंकले ६० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । श्रीलंकन राष्ट्रपतिको संचार विभागले जानाकारी गराए अनुसार विश्व बैंकले श्रीलंकामा अत्यावश्यक वस्तुहरुको आयात गर्नको लागि उक्त सहयोग उपलब्ध गराउने भएको हो ।

    राष्ट्रपतिको संचार विभागकाले जारी गरेको विज्ञप्ती अनुसार विश्व बैंकले आगामी दिनहरुमा पनि थप सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

    सन् १९४८ यताकै सबै भन्दा ठुलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा हाल खाना , इन्धन , औषधी लगायतका अत्यावश्यक वस्तुहरुको समेत चरम अभाव देखिन थालेको छ । आर्थिक संकटको सामना गर्न हाल श्रीलंकाले अन्तर्राष्टिय मुद्रा कोषसँग पनि वार्ता गरिरहेको छ ।

    यद्यपी मुद्रा कोषसँग वार्ताले कुनै ठोष निर्णय गर्नु पूर्व श्रीलंकालाई तत्काल ३ देखि ४ अर्ब अमेरिकी डलर आवश्यकता रहेको बताइएको छ । विश्व बैंकले श्रीलंकालाई सहयोग उपलब्ध गराउने घोषणा गरेसँगै श्रीलंकाको स्टक मार्केट ४। २ प्रतिशतले बढेको अन्तर्राष्टिय संचारमाध्यम अलजाजिराले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख १४ २०७९ बुधवार - १४:३१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij