२०८२ माघ ८ गते बिहिवार
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या १५ सम्म झार्नुपर्ने निष्कर्ष निकालेको छ। केन्द्रीय बैंकले एक अध्यनन प्रतिवेदन सार्वजनिक गर्दै उक्त निष्कर्ष निकालेको हो।
केन्द्रीय बैंकले गरेको अध्ययनले वाणिज्य बैंकको संख्या थोरैमा ११ र बढीमा १५ हुनु पर्ने राय सरोकारवालाले दिएका छन्। समान अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आय र जनसंख्या भएका मुलुकको तुलनामा नेपालमा वाणिज्य बैंकको संख्या निकै बढी भएको उक्त प्रतिवेदनले औंल्याएको छ।
केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनलले नेपालमा अन्य बैंक तथा वित्तीयसंस्था पनि संख्यात्मक रुपमा धेरै भएको उल्लेख गरेको छ। यसैगरी केन्द्रीय बैंकले बैंकर तथा अर्थविज्ञबाट लिइएको रायमा मर्जर नै बैंकको संख्या घटाउन उपयुक्त मानिएको छ।
केन्द्रीय १४० बैंकर तथा ९० विज्ञलाई प्रश्नावली फारम भर्न लगाएको थियो। सोहीका आधारमा बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकको संख्या बढीमा १५ हुनुपर्ने निष्कर्ष निकालेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij