२०८२ माघ ११ गते आइतवार
सेयरबजार परिसूचक नेप्से ३४.९५ अंकले घटेको छ। अघिल्लो दिन ९५ अंकले बढेको सूचक आज घटेसँगै पुनः २४ सयमुनि पुगेको छ।
क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक ६.१९ अंकले घटेको छ। आज २ सय ३९ कम्पनीको सेयर कारोबार भएको छ।यसअनुसार ५० लाख कित्ता बढी बिक्री भएका छन्। योसँगै आज २ अर्बको खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज होटल तथा पर्यटन र म्युचुअल फन्डको बाहेक बाँकी समूहको सूचक राताम्य छन्। आज २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको र ६ वटाको मूल्य उही छ।
आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले मात्रै कमाएका छन्। उनीहरुले १० प्रतिशत कमाए पनि अन्य कम्पनीको सेयर खासै बढेको छैन।
गुमाउने सेयरधनीले आज ५,३३ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। आज सर्वाधिक कारोबार अरुणभ्याली हाइड्रोपावरको ८ करोड ११ लाख ९१ हजारको कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्टको ६ करोड ६२ लाख, हिमालयन डिस्टिलरको ६ करोड ४३ लाखको कारोबार भएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij