Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

१८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

१८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक


  • 4.2K
    Shares

    १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले १८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

    बैंकले २८ दिन अवधिको ५ अर्ब बराबरको र ९१ दिन अवधिको १३ अर्ब ६० करोडको गरी कूल १८ अर्ब ६० करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । 

    ९१ दिने ट्रेजरीमध्ये ५ अर्ब रुपैयाँ बराबरको नयाँ बिल निष्काशन गर्न लागेको हो भने ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ९१ दिन अवधि र ५ अर्ब रुपैयाँ बराबरको २८ दिनको ट्रेजरी बिलभ ने यसअघि जारी भैसकेको बिल नै नवीकरण गर्न लागेको हो ।

    बैंकले आइतबार जारी गरेको सूचना अनुसार २८ दिने ट्रेजरी आगामी जेठ १० गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी साउन १० गते परिपक्व हुनेछ । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । 

    बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबुल गर्नेलाई राष्ट्र बैंकले बैशाख १३ गते मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

    प्रकाशित मिति :बैशाख १२ २०७९ सोमवार - ११:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij