Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

९५ अङ्कले बढेको शेयर बजारमा सकरात्मक उछाल: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति कारोबार ?

९५ अङ्कले बढेको शेयर बजारमा सकरात्मक उछाल: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति कारोबार ?


  • 4.2K
    Shares

    ९५ अङ्कले बढेको शेयर बजारमा सकरात्मक उछाल: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति कारोबार ?

    पछिल्ला दिनमा सेयरबजारमा सूचक र कारोबार रकम बढ्न नसकिरहँदा यो साताको पहिलो दिन भने शुभसंकेत देखिएको छ।सूचक ९५.४६ अंकले बढ्दा कारोबार रकम पनि पछिल्ला केही दिनभन्दा दोब्बरले बढेको हो।

    २३ सय विन्दुमा झरिसकेको नेप्से आज २४२०.९१ विन्दुमा पुगेको छ भने सेन्सिटिभ सूचक पनि १७.७४ अंकले उकालो लागेको छ।

    आजको कारोबारमा २ सय ३८ वटा सेयर सामेल भएका छन्। जसमध्ये ६६ लाख ३९ हजार कित्ता बिक्री भएको हो।  दिनभरिमा ४३ हजार ४ सय ५० पटकको किनबेचपछि कारोबार रकम २ अर्ब ५३ करोड बढी पुगेको छ। आज १३ वटै उपसूचक हरियो छन्। 

    यसअनुसार आज १९३ वटा कम्पनीको सयर मूल्य बढेको छ भने कारोबारमा सामेलमध्ये १ को घटेको र अर्को १ को उही मूल्य कायम छ। 

    ३ दर्जन कम्पनीको उच्च वृद्धि 
    आज ३६ वटा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्सलगायतको १० प्रतिशतले मूल्य बढेको हो। 

    आज नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रबाहेक अन्य सेयरलगानीकर्ताले थोरै दरमा गुमाएका छन्। उक्त ऋणपत्रका लगानीकर्ताले भने ९.८९ प्रतिशतले घटेको हो। 

    आज सानिमा बैंक प्रोमोटर सेयरको २२ करोडको सर्वाधिक कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको ११ करोडको कारोबार भएको छ। 

    ytyty.jpg

    प्रकाशित मिति :बैशाख ११ २०७९ आइतवार - १५:२९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij