२०८२ भाद्र २ गते सोमवार
अमेरिकाले ५० वटै राज्यहरुमा उच्च सुरक्षा सतर्कता बढाएको छ । अमेरिकामा नव निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण गर्ने दिन नजिकिँदै गर्दा त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। बाइडेनले अगामी बुधबार सपथ ग्रहण गर्दै छन् ।
केही दिनअघि राष्ट्रपति ट्रम्प समर्थकहरुले संसद भवन क्यापिटोल हिलमा हिंस्रक आक्रमण गरेपछि त्यहाँ सत्ता हस्तान्तरणका क्रममा थप हिंसा भड्किन सक्ने अनुमानमा ठूलो संख्यामा नेशनल सेक्युरिटी गार्ड परिचालन गरिएको हो ।
अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले समेत सुरक्षा खतरा रहेको प्रतिवेदन सार्वजनिक गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले जनाएका छन् । एफबीआईले बाइडेनको सपथग्रहण अघि सबैजसो राज्यमा हतियारसहित प्रदर्शन हुन सक्ने सूचना प्राप्त भएको बताएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij