२०८२ भाद्र ३ गते मंगलवार
कास्की । पोखरा-बाग्लङ राजमार्गमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-२५ हेम्जाबाट छुटेको बा २ च ७४१० नम्बरको जीप याम्दीमा पल्टिँदा पोखरा महानगरपालिका १० का प्रकाश पुन र चित्र पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।
घाइते सात जनाको पोखराको सहारा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij