Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अर्थमन्त्रीसँग जोडिएको ४० करोडको बस्ताविकता, १५ जनाको बैंक खाता रोक्का

अर्थमन्त्रीसँग जोडिएको ४० करोडको बस्ताविकता, १५ जनाको बैंक खाता रोक्का


  • 2.5K
    Shares

    अर्थमन्त्रीसँग जोडिएको ४० करोडको बस्ताविकता, १५ जनाको बैंक खाता रोक्का

    अमेरिकाबाट शंकास्पद रकम ल्याएका पृथ्वीबहादुर शाहको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै छ ।

    राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) को अनुरोधमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहको खातामाथि अनुसन्धान थालेपछि शाह सर्वोच्च गएका थिए । अदालतको फैसला नआउँदै अर्थमन्त्री जनार्दन शर्माले शाहलाई ‘वैदेशिक लगानी ल्याउने व्यवसायी’ भन्दै खाता खुला गरिदिन ‘निर्देशन’ दिएपछि विवाद चर्किएको छ । 

    पृथ्वी शाह, परिवार, कर्मचारी र कम्पनीका नाममा खोलिएका १५ खाताहरूमार्फत शंकास्पद रकम ओसारपसार गरेको आशंकामा भइरहेको अनुसन्धान रोक्न सर्वोच्चमा ६ निवेदन परेका थिए ।

    पाँच निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले अनुसन्धान रोकेर खाता खुला गर्ने आदेश दिन मानेको थिएन । अन्तिम निवेदनको पेसी सोमबार छ । यो निवेदनमा शाहले काठमाडौं महानगरपालिका–९ मा कार्यालय रहेको वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको बैंक खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रुपैयाँ फुकुवाका लागि याचना गरेका छन् ।

    अमेरिकामा रहेको ‘मिसन होलिडे एलसीसी कम्पनी’ सँग २०७४ कात्तिक २५ मा द्विपक्षीय सहमति गरी अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटकलाई उनीहरूको रोजाइको क्षेत्रमा घुमाउने, स्वास्थ्य उपचार बिमा गराउने र नेपाल बसाइका क्रममा लाग्ने अन्य खर्च बेहोर्ने भन्दै विभिन्न पाँचवटा कम्पनीबाट शाहले पैसा ल्याएका हुन् ।

    प्रकाशित मिति :बैशाख ५ २०७९ सोमवार - ०९:२१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij